![]() |
Photo: google.com |
गौरवशाली इतिहास र आफ्नो अलगै पहिचान भएको एशिया महादेशको एउटा सानो र प्राकृतिक रुपमा सुन्दर देश हो नेपाल l पहाडै पहाड र हिमालै हिमालको देश भनौ या खोला नालाको देश भनौ, जस्तोसुकै विशेषण थपेर वर्णन गर्दा पनि यसको सुन्दरताको व्याख्या गर्न नसकिने देश हो नेपाल l
नेपाल प्राकृतिक रुपमा सम्पन्न छ, नेपाल धार्मिक रुपमा पनि सम्पन्न छ, तर विडम्बना नेपाल राजनीतिक रुपमा भने सारै बद्नाम भएको छ l नेपालमा
धेरै प्रकारका शासन आए राणा शासन, राजाको शासन, बहुदलीय व्यवस्था, पंचायती व्यवस्था साथै अहिलेको लोकतान्त्रिक गणतन्त्र तर नेपालीको मुहारमा खुशी ल्याउने व्यवस्था चाही कहिले आएन l
यी सबैका वाबजुद पनि हाम्रो नेपालमा अरु धेरै कुराहरु छन् जसले गर्दा नेपालीलाई विश्वमा अलगै पहिचान मिलेको छ l पहिले नेपालका प्राकृतिक सोन्दर्यताको बारेमा जानकारी लिऊ l
१) सगरमाथाको देश नेपाल :-
विश्वको सर्वोच्च शिखर सगरमाथा (Mount Everest) कहाँ छ ? "नेपाल" उत्तर विश्वले दिन्छ l ८८४८ मिटर अग्लो शिखर नेपालमा नै छ l यो नेपालीको गौरवको साथै पहीचानको प्रतिक हो l विश्वको तेस्रो अग्लो हिमाल कन्चनजङ्गा पनि नेपालमै रहेको छ l
२) गौतम बुद्धको देश :-
![]() |
Photo: google.com |
भगवान गौतम बुद्धको जन्म नेपालमा भएको हो l यो पुष्टी भैसकेको तथ्य हो l बुद्ध नेपालमा जन्मेको बिषयमा अब भ्रम छर्ने काम बन्द गर्नु पर्छ l भगवान बुद्ध नेपालको कपिलवस्तुमा जन्मनुभएको हो l बुद्धलाई शान्तिको प्रतिक मानिन्छ l गौतम बुद्ध विश्वभरका बौद्ध धर्मावलम्बीहरुको आस्थाका केन्द्र हुन् l गौतम बुद्धको जन्म बारे छिमेकी राष्ट्रबाट नियतवस भ्रम फैलाउने काम जारी छ l देश-विदेशमा रहेको सम्पूर्ण नेपालीले यस्तो भ्रम हटाउन अभियान नै सुरु गर्नु पर्ने देखिन्छ l
३) दुई त्रिकोण को झण्डा :-
झण्डा कुनैपनि देशको राष्ट्रिय पहिचान हो l नेपालको झण्डा विश्वमा नै भिन्न प्रकारको छ l बिश्वका सबै देशको झण्डा चारकुने आकारका छन् l तर नेपालको झण्डा दुई त्रिकोणात्मक छ l माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लोमा सुर्य छ, जसले आकाशमा चन्द्र र सुर्य रहुन्जेल नेपाल रहीरहने कुरा जनाउँछ भने निलो किनारा शान्तिको प्रतिक हो र सिम्रिक रङ हाम्रो राष्ट्रिय रङ हो ।
४) मठमन्दिरको देश :-
क) पशुपतिनाथको देश :
ख) हलेशी महादेव :
यस मन्दिरमा चारवटा द्वार रहेका छन् - जन्मद्वार, धर्मद्वार, कर्मद्वार र पापद्वार l यी द्वार पर गर्न सकियो भने मुक्ति मिल्छ भन्ने किम्बदन्ती पाहिन्छ l यस मन्दिरमा शिवरात्रिमा ठुलो मेला लाग्ने गर्दछ l